२०८३, मंसिर ८ गते

Nov 23 2026

images
images

उत्तरवाहिनी कालीगण्डकी : धार्मिक पर्यटनको संभावना

उत्तरवाहिनी कालीगण्डकी : धार्मिक पर्यटनको संभावना

उत्तरवाहिनी कालीगण्डकी : धार्मिक पर्यटनको संभावना

उत्तरवाहिनी कालीगण्डकी : धार्मिक पर्यटनको संभावना

उत्तरवाहिनी कालीगण्डकी : धार्मिक पर्यटनको संभावना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर १ २०८३
सोमवार, मंसिर १ २०८३
  • पाल्पाको रम्भा गाउँपालिका–१ असेर्दी र स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गाको सङ्गमस्थल ‘उत्तरवाहिनी क्षेत्र’ यतिबेला आध्यात्मिक ऊर्जाले जागृत छ । विगत २५ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको ‘दामोदर धर्मोत्सव’ ले यस वर्ष रजतोत्सव मनाइरहँदा देशविदेशका भक्तजन, आध्यात्मिक चिन्तक र नीति निर्माताहरूको ध्यान यस पावन भूमितर्फ खिचिएको छ । साढे तीन किलोमिटर लामो दूरीसम्म उत्तरतर्फ बग्ने विश्वकै एकमात्र नदी कालीगण्डकीको काखमा अवस्थित यो क्षेत्र नेपालको धार्मिक पर्यटनको एक अनुपम गन्तव्य बन्ने प्रचूर सम्भावना बोकेको थलो हो ।


    भारतको बनारसमा भागीरथी गंगा करिब डेढ किलोमिटर उत्तरवाहिनी भएर बगेकै कारण आज विश्वप्रसिद्ध धार्मिक गन्तव्य बनेको छ । बनारसको तुलनामा दोब्बरभन्दा बढी दूरी उत्तरतर्फ बग्ने कालीगण्डकी, प्राकृतिक रूपमै ॐ अङ्कित दुर्लभ चक्रशिला तथा सवा लाख शालग्रामको महिमा विश्वसामु उजागर गर्न सके नेपालले धार्मिक पर्यटनबाट ठूलो आर्थिक लाभ लिन सक्छ । आचार्य चैतन्य कृष्णको अगुवाइ र स्वेच्छिक दानबाट करिब २५ करोड रुपैयाँको लागतमा गुरुकुल पाठशाला र प्राकृतिक चिकित्सा अस्पतालजस्ता भौतिक पूर्वाधार निर्माण हुनु आफैँमा प्रशंसनीय कार्य हो । सामुदायिक पहलमा सुरु भएको यो अभियानमा ठूली एकादशीको विशेष अवसरसहित गत वर्ष मात्रै सात लाख भक्तजन भित्रिनुले यसको आकर्षण र महत्वलाई पुष्टि गर्छ ।


    तर, यति ठूलो ऐतिहासिक र धार्मिक महत्व बोकेको क्षेत्रको प्रवद्र्धन केवल एक आश्रम वा व्यक्तिविशेषको प्रयासले मात्र पूर्ण हुन सक्दैन । उत्तरवाहिनी क्षेत्रलाई लुम्बिनी र गण्डकी प्रदेशको मात्र नभई सिङ्गो राष्ट्रकै गौरवशाली धार्मिक गन्तव्यका रूपमा विकास गर्न राज्यको स्पष्ट नीति, दीर्घकालीन गुरूयोजना र लगानी आवश्यक छ । प्रस्तावित विशाल शालग्राम मन्दिर, १०८ धारा निर्माण, भूमि विस्तार र गुरुकुलको दिगो सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न सङ्घीय तथा प्रदेश सरकारले ठोस योजनासहित बजेट विनियोजन गर्नुपर्छ ।


    मंसिर ८ गतेसम्म चल्ने यस महोत्सवमा सहभागी हुन आउने सरकारका उच्च पदस्थ अधिकारी तथा जनप्रतिनिधिहरूले यस क्षेत्रको अवलोकनलाई औपचारिकतामा मात्र सीमित राख्नु हुँदैन् । स्तरीय सडक सञ्जाल, व्यवस्थित आवास पूर्वाधार र अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी प्रचारप्रसारका लागि राज्यले ठोस प्रतिबद्धता जनाउनु जरुरी छ । आध्यात्मिक चेतना, योग–ध्यान, प्राकृतिक चिकित्सा र धार्मिक पर्यटनको त्रिवेणी बन्न सक्ने उत्तरवाहिनी कालीगण्डकीको महिमा विश्वभर फैलाउन सके मात्र यो रजतोत्सवको वास्तविक सार्थकता पुष्टि हुनेछ ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij