२०८३, मंसिर ८ गते

Nov 23 2026

images
images

समुदायमै एचआईभी परीक्षण गर्ने सीप सिकेर फर्किए आउटरिच वर्कर, तीन दिने तालिम सम्पन्न

समुदायमै एचआईभी परीक्षण गर्ने सीप सिकेर फर्किए आउटरिच वर्कर, तीन दिने तालिम सम्पन्न

समुदायमै एचआईभी परीक्षण गर्ने सीप सिकेर फर्किए आउटरिच वर्कर, तीन दिने तालिम सम्पन्न

समुदायमै एचआईभी परीक्षण गर्ने सीप सिकेर फर्किए आउटरिच वर्कर, तीन दिने तालिम सम्पन्न

समुदायमै एचआईभी परीक्षण गर्ने सीप सिकेर फर्किए आउटरिच वर्कर, तीन दिने तालिम सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, मंसिर ४ २०८३
बिहिवार, मंसिर ४ २०८३
  •  

    बुटवल । तीन दिनअघि सैद्धान्तिक कक्षाबाट सुरु भएको तालिम आज व्यावहारिक अभ्यासका साथ सकिँदा सहभागीहरूको हातमा परीक्षणको सीप र मनमा बढ्दो आत्मविश्वास थियो । आप्रवासी तथा उनका दम्पत्तीहरूका लागि सञ्चालित एचआईभी रोकथाम कार्यक्रम अन्तर्गत बुटवलको होटल पौवामा भएको ३ दिने 'समुदायको नेतृत्वमा एचआईभी परीक्षण (सीएलटी) तालिम' आज सम्पन्न भएको हो ।

    नागार्जुन डेभलपमेन्ट कम्युनिटी (एनडीसी) को आयोजनामा मंसिर १ गतेदेखि बिहान ८ बजेदेखि सञ्चालन भएको तालिममा आउटरिच वर्कर (ओआरडब्ल्यू) तथा कम्युनिटी हेल्थ वर्कर (सीएचडब्ल्यू) गरी २८ जना सहभागी थिए । तालिममा आप्रवासीको आवागमन हुने नाका (पोर्ट अफ इन्ट्री) मा रहेर काम गर्ने साथीहरूको पनि सहभागिता रहेको एनडीसीका निर्देशक जगदीश चन्द्र भट्टले जानकारी दिए ।

    "एचआईभी एड्सको आधारभूत कुरादेखि सुरु गरेर समुदायमा परीक्षण कसरी गर्ने भन्ने विषयसम्म हाम्रा साथीहरूलाई पोख्त बनाउन तीन दिनको कार्यक्रम राखेका थियौँ," निर्देशक भट्टले भने, "तेस्रो दिन उहाँहरूलाई व्यावहारिक सत्रबाट पनि अभ्यास गरायौँ ।" उनका अनुसार सहभागीहरूले दिनभर अभ्यास गरे र आफ्नै शब्दमा आफू पहिलेभन्दा बढी आत्मविश्वासी भएको बताउँदै समुदायमा फर्किएका छन् ।

    समापन समारोहमा बोल्दै प्रदेश जनस्वास्थ्य प्रयोगशाला, तामनगर बुटवलका निर्देशक डा. सुवर्ण आचार्यले सहकार्य गर्ने बताउँदै तालिमलाई व्यावहारिक रूपमा प्रयोगमा ल्याउन सहभागीहरूलाई आग्रह गरे । प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका मेडिकल ल्याब टेक्नोलोजिस्ट दीपेन्द्र कुमार मण्डलले तालिमले सहभागीहरूलाई अझै उत्साहजनक रूपमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

    जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख उमा थापाले तालिम सञ्चालनमा एनडीसीले निकै सहयोग गरेको बताउँदै आगामी दिनमा पनि स्वास्थ्य कार्यालयले सहकार्य जारी राख्ने जानकारी दिइन् ।

    समारोहमा एनडीसीका खेमराज जोशी र वीरबहादुर पुन, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका एचआईभी तथा क्षयरोग फोकल पर्सन टीकाराम पोखरेल, स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका फोकल पर्सन परशुराम पोखरेल, यूएनडीपीका डा. समीर मैनाली तथा एनडीसीकी रुपन्देही प्रोजेक्ट अफिसर अनिता तिमिल सिनालगायतले पनि बोलेका थिए ।

    तालिममा विभिन्न निकायका विज्ञले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । प्रदेश स्वास्थ्य निर्देशनालय बुटवल तामनगरका जीवलाल भुसाल र टिम लिडर शिवेन्द्र चौधरी, यूएनडीपीका डा. मैनाली तथा लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयका फोकल पर्सनले प्रशिक्षण दिएका थिए ।

    कार्यक्रमको सम्पूर्ण आर्थिक सहयोग यूएनडीपी नेपाल कार्यालयबाट प्राप्त भएको निर्देशक भट्टले बताए । नेपाल सरकारको स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेशको निर्देशनालय र स्थानीय स्वास्थ्य कार्यालयहरूसँगको साझेदारी तथा सहयोगमा कार्यक्रम प्रत्यक्ष निगरानीमा सञ्चालन गरिएको उनले जानकारी दिए ।

    एनडीसीले यूएनडीपी र द ग्लोबल फण्डको सहयोगमा लुम्बिनी प्रदेशका रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया र दाङ गरी छ जिल्लामा एचआईभी, क्षयरोग र औलो रोगको रोकथाम सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्था सम्बन्धित नगरपालिका तथा स्थानीय तहसँग मिलेर समुदायस्तरमा काम गरिरहेको निर्देशक भट्टको भनाइ छ ।

    रुपन्देहीमा दर्ता भएको एनडीसी वि.सं. २०५२ देखि एचआईभी, क्षयरोग र औलोलगायत स्वास्थ्यसँग सम्बन्धित कार्यक्रममा गैरसरकारी संस्थाका रूपमा काम गर्दै आएको छ । स्थानीय प्रशासन र स्थानीय सरकारको स्वीकृति लिएर संस्थाले विभिन्न किसिमका गतिविधि सञ्चालन गर्दै आएको निर्देशक भट्टले बताए ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij