२०८३, मंसिर ८ गते

Nov 23 2026

images
images

पश्चिम नवलपरासीको सुनवलमा छैटौं सुनवल महोत्सव सुरू

पश्चिम नवलपरासीको सुनवलमा छैटौं सुनवल महोत्सव सुरू

पश्चिम नवलपरासीको सुनवलमा छैटौं सुनवल महोत्सव सुरू

पश्चिम नवलपरासीको सुनवलमा छैटौं सुनवल महोत्सव सुरू

पश्चिम नवलपरासीको सुनवलमा छैटौं सुनवल महोत्सव सुरू
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शुक्रवार, मंसिर ५ २०८३
शुक्रवार, मंसिर ५ २०८३
  • परासी  । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१ सोमथानमा आयोजना हुन लागेको छैटौं सुनवल महोत्सव–२०८३ कोसुरू भएको  छ। आगामी मंसिर ३ गतेदेखि १५ गतेसम्म महोत्सव सञ्चालन हुने छ ।

    मेलाको निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधिसभा सदस्य नरेन्द्र कुमार गुप्ताले उद्घाटन गरेका छन ।उद्वर्घाटन गदै मेलाको गुप्ताले अहिले सरकार निजि क्षेत्रसंग सकरात्मक रहेको बताएका छन । उनले सरकारले निजि क्षेत्रलाई संरक्षण गरि अघि बढेको भन्दै महेशपुर भन्सारलाई संचालन गर्न आवश्यक पहल भैईरहेको बताए ।गुप्ताले जिल्लामा सडक पूर्वाधार क्षेत्रमा लगानी ,पर्यटन क्षेत्रलाई समेटेर उद्योग व्यवसायिक फष्टटाउने खालको योजना अघि सारेको बताए लुम्बिनी प्रदेश सासद बैजनाथ कलवारले अहिलेको सरकारले उद्योगी व्यापारीहरूलाई त्रसाउने कार्य गरेको बताए उनले । सरकारले उद्योगी व्यापारीले धरपकड गरी त्रासित बनाउनु कार्यले उद्योग व्यावसय धरासयी भएको बताए ।

    सुनवल उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यले जिल्लामा उद्योग व्यावसायीमा देखिएको समस्याकोबारेमा जानकारी गराएका थिए । स्थानीय उत्पादन, व्यापार, कृषि, पर्यटन, कला, संस्कृति तथा मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। संघका महासचिव तेजप्रसाद भण्डारीले  १३ दिनसम्म सञ्चालन हुने महोत्सवमा २०० वटा स्टल रहने जानकारी दिए । उनको अनुसार  महोत्सवमा १४० व्यावसायिक स्टल दर्ता भैसकेको र ६० स्थानिय उत्पादन भएका स्टल आईसकेको जसमा २० निशुल्क स्टल रहेको बताए ।, 

    महोत्सवले सुनवल क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक गतिविधिलाई थप चलायमान बनाउनुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ।महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थीलाई ७० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। सामूहिक रूपमा आउने विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। 

    त्यसैगरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिने आयोजकले जनाएको छ।आयोजकले महोत्सव अवधिभर करिब एक लाख दर्शकले अवलोकन गर्ने तथा १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरेको छ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij