२०८३, मंसिर ८ गते

Nov 23 2026

images
images

बुटवलमा ‘सार्वजनिक जीवनमा महिला’ फोटो प्रदर्शनी

बुटवलमा ‘सार्वजनिक जीवनमा महिला’ फोटो प्रदर्शनी

बुटवलमा ‘सार्वजनिक जीवनमा महिला’ फोटो प्रदर्शनी

बुटवलमा ‘सार्वजनिक जीवनमा महिला’ फोटो प्रदर्शनी

बुटवलमा ‘सार्वजनिक जीवनमा महिला’ फोटो प्रदर्शनी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर ५ २०८३
शुक्रवार, मंसिर ५ २०८३
  • बुटवल ।  महिलाले सार्वजनिक जीवनमा पुर्‍याएको योगदान, संघर्ष र ऐतिहासिक भूमिकालाई तस्बिरमार्फत उजागर गर्ने उद्देश्यले बुटवलमा ‘सार्वजनिक जीवनमा महिला : महिलावादी स्मृतिको एक पहल’ फोटो प्रदर्शनी सुरु भएको छ।

     फोटो सर्कलअन्तर्गतको नेपाल पिक्चर लाइब्रेरी तथा वीर फाउन्डेसन नेपालको आयोजनामा बिहीबारदेखि बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पस परिसरमा प्रदर्शनी सुरु भएको हो। मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा महिलाको सामाजिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक जीवनसँग सम्बन्धित ऐतिहासिक तस्बिरहरू राखिएका छन्।

    WhatsApp-Image-2026-11-19-at-13.00.13-1795072620.jpeg

    प्रदर्शनीको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलले महिला सशक्तीकरणका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको बताए। उनले महिलालाई सीप र रोजगारीसँग जोड्ने कार्यक्रमलाई उपमहानगरपालिकाले प्राथमिकतामा राखेको उल्लेख गरे। महिलाको क्षेत्रमा स्थानीय तहले काम गरिरहे पनि अन्य तहका सरकारबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको उनको भनाइ थियो।महिला सशक्तीकरणका लागि सबै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको उनले बताए। 

    राष्ट्रिय महिला आयोगकी पूर्वसदस्य धनेश्वरी चौधरी कुर्मीले महिलाहरू अहिलेको अवस्थामा आइपुग्न लामो संघर्ष र अनेकौँ चुनौती सामना गर्नुपरेको बताइन्।

    WhatsApp-Image-2026-11-19-at-13.00.09-1795072639.jpeg

    महिलाले सामाजिक तथा सार्वजनिक जीवनमा आफ्नो स्थान स्थापित गर्न विगतमा गरेका संघर्ष र योगदानलाई बिर्सन नहुने उनको भनाइ थियो। फोटो सर्कलअन्तर्गतको नेपाल पिक्चर लाइब्रेरीकी आउटरीच कोअर्डिनेटर सम्झना नेपालीले प्रदर्शनीलाई चरणबद्ध रूपमा देशका विभिन्न स्थानमा सञ्चालन गरिएको बताइन्। महिलाको सार्वजनिक जीवन र योगदानका कथालाई देशभरका समुदायसम्म पुर्‍याउने उद्देश्यले विभिन्न चरणमा फोटो प्रदर्शनी आयोजना गरिएको उनको भनाइ थियो।

    प्रदर्शनीबारे जानकारी दिँदै स्थानीय सहजकर्ता वीर फाउन्डेसन नेपालकी अध्यक्ष विजया खत्रीले महिलाको सार्वजनिक जीवन, संघर्ष र योगदानलाई तस्बिरमार्फत अभिलेखीकरण गर्दै समाजसामु प्रस्तुत गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताइन्।  प्रदर्शनीको शुभारम्भका अवसरमा आयोजित कार्यक्रममा सार्वजनिक क्षेत्रमा सक्रिय महिलाहरूले आफ्ना अनुभवसमेत सुनाएका थिए।

    उनीहरूले सार्वजनिक जीवनमा काम गर्दाका चुनौती, संघर्ष र अवसरका विषयमा अनुभव आदानप्रदान गरेका थिए। प्रदर्शनीले नेपाली समाजमा महिलाको भूमिका, उनीहरूले गरेका संघर्ष र सार्वजनिक क्षेत्रमा पुर्‍याएको योगदानलाई उजागर गर्ने लक्ष्य राखेको छ। महिलाको इतिहासलाई लिखित दस्तावेजमा मात्र सीमित नराखी तस्बिरका माध्यमबाट नयाँ पुस्तासम्म पुर्‍याउने प्रयासका रूपमा यसलाई लिइएको छ।

    बुटवलमा मंसिर ३, ४ र ५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रदर्शनी सञ्चालन हुनेछ। प्रदर्शनी सबैका लागि निःशुल्क अवलोकन गर्न खुला गरिएको आयोजकले जनाएको छ। देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको प्रदर्शनीको तेस्रो चरणअन्तर्गत बुटवल र पोखरामा कार्यक्रम आयोजना गरिएको हो। बुटवलपछि मंसिर १० देखि १२ गतेसम्म पोखराको बाराहीघाट, लेकसाइडमा प्रदर्शनी सञ्चालन हुनेछ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij