२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पाल्हीनन्दनले ल्यायाे ५२ करोड ९२ लाखको बजेट

पाल्हीनन्दनले ल्यायाे ५२ करोड ९२ लाखको बजेट

पाल्हीनन्दनले ल्यायाे ५२ करोड ९२ लाखको बजेट

पाल्हीनन्दनले ल्यायाे ५२ करोड ९२ लाखको बजेट

पाल्हीनन्दनले ल्यायाे  ५२ करोड ९२ लाखको बजेट
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • गौरीशंकर जयसवाल / परासी ।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

    गाउँपालिकाले १७ ‌औँ गाउँ सभा मार्फत नीति तथा कार्यक्रम र बजेट ल्याएको हो ।

    नेपाल सरकारको नियमानुसार असार १० गतेभित्र स्थानीय तहहरू बजेट ल्याउने नीति रहेको भए पनि पाल्हीनन्दन गाउँपालिकाले साउन १५ गते मङ्गलवार मात्र नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

    गाउँपालिकाको आन्तरिक विवादको कारण असार १० गते ०८१।०८२नीति तथा कार्यक्रम र बजेट ल्याएको नसकेको र ढिलो गरी गाउँ सभा गरिएको गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता दीपकले जानकारी दिए । केही वडाको विषयमा कुरा नमिलेपछि गाउँ सभा हुन नसकेको थिएन ।

    अध्यक्ष गुप्ताले नीति तथा कार्यक्रम प्रस्तुत गदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, सुशासन प्रवर्द्धन, कृषिमा किसान सहयोगी युवाहरूलाई स्वरोजगार बनाउने लक्षित कार्यक्रम ,पूर्वाधार निमार्ण सबै वडामा कच्ची सडकलाई पक्की सडक निमार्ण गर्ने योजना ,पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकास गरी पर्यटन भित्राउने लगायतको कार्यक्रममा ल्याएको बताए ।

    पालिका उपाध्यक्ष फातिक खातुन अन्सारीले २०८१।०८२ कुल ५२ करोड ९२ लाख ५३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेकी थिइन ।

    वित्तीय समानीकारण अनुदान तर्फ ११ करोड ६३ लाख, शर सत, समपूरक र विशेष अनुदान बाहेक कुल २७ करोड ९५ लाख बजेटमा चालु तर्फ ५६ दशमलव ५ प्रतिशत र विकास बजेट ४३ दशमलव ३ प्रतिशत विनियोजन गरिएको उपाध्यक्ष अन्सारीले जानकारी दिइन ।

    शासनिक खर्चका लागी ९ करोड, शाखागत कार्यक्रम तथा खर्च बापत ४ करोड, समपूरक कोष १ करोड ४० लाख, विभिन्न कोषका लागी ३० लाख, पालिका अन्तर्गतका योजनाका लागी ५ करोड २५ लाख र चालु आर्थिक वर्षमा २ करोड आन्तरिक आम्दानी हुने अनुमान गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij