२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

हरेक वर्ष एकहजार बिरुवा रोप्दै शाइन रेसुंगा बैंक

हरेक वर्ष एकहजार बिरुवा रोप्दै शाइन रेसुंगा बैंक

हरेक वर्ष एकहजार बिरुवा रोप्दै शाइन रेसुंगा बैंक

हरेक वर्ष एकहजार बिरुवा रोप्दै शाइन रेसुंगा बैंक

हरेक वर्ष एकहजार बिरुवा रोप्दै शाइन रेसुंगा बैंक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • बुटवल । जलवायू परिवर्तनबाट हुने प्रतिकूल असरहरु न्यूनिकरण र वातावरण संरक्षणका लागि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ‘शाइन गो ग्रीन’ अभियानलाई केही वर्षयता निरन्तरता दिएको छ ।

    बैंकको १४ औं वार्षिकोत्सवको वर्ष १४ हजार बिरुवा रोपेर उदाहरण प्रस्तुत गरेको बैंकले त्यस यताका वर्षहरुमा हरेक वर्ष एक हजारका दरले विरुवा रोप्दै वार्षिकउत्सव बराबर बिरुवाको संख्या पुर्‍याउंदै आएको छ ।

    यो वर्ष पनि बैंकले भैरहवा क्लस्टर अन्तर्गत रहेको सुर्यपुरा शाखाको आयोजना तथा सातवटा शाखाको संयुक्त सहकार्यमा गैडहवा गाउँपालिका वडा नं ७ मा रहेको जनकल्याण माध्यामिक विद्यालय र तिलेश्वर्य प्राथमिक विद्यालयमा  विभिन्न प्रजातिका सय वटा भन्दा बढी बोटविरुवा रोपेको छ ।

    उक्त कार्यक्रममा बैंकका मानव संशाधन हेड तथा ब्राण्ड स्ट्राटेजी अफिसर प्रभास राईले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गर्ने सामाजिक काम र खर्चलाई विश्वकै चुनौति बनेको वातावरण संरक्षणमा लगानी गरिरहेको बताए । 


    हरेक वर्ष एक हजारका दरले विरुवा रोप्दै हालसम्म बैंकले १६ हजार विरुवा वृक्षारोपण गरिसकेको र यो बर्ष थप एकहजार वृक्षारोपण गर्ने बताए । 


    उनले रोपिएका विरुवाको संरक्षणमा ध्यान दिन विद्यालयहरुलाई अनुरोध गरे । कार्यक्रममा शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क भैरहवा क्लस्टर प्रमुख सतिश कुमार द्विवेदी, सुर्यपुरा शाखा प्रमुख दिनेश थारु, छपिया शाखा प्रमुख राजु शर्मा, तौलिहवा शाखा प्रमुख अब्दुल कादिर हलवाई र उक्त शाखाहरुका कर्मचारीहरु तथा विद्यालयका तर्फबाट विद्यालय प्रमुख संजय कुमार यादव, हरिश कोहार, समाजसेवी सन्दिप गुप्ता लगायत विद्यालयका शिक्षक शिक्षिका, स्थानीय अभिभावकहरुले समेत आफ्ना धारणा राख्दै शाइन रेसुंगा बैंकको यो अभियान अरुले पनि अनुशरण गर्नुपर्ने धारणा राखे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij