झपेन्द्र शैवयान बौद्धयान
१. नेपाल प्राचीन देशको रूपमा मानिएको छ । प्राचीनकालमा यो देशलाई हिमवत खण्ड किन्नरदेश आदि मध्यकालमा सपार्दलक्षी सय लाख पर्वतयुक्त देश, खश देश (खश+जडान . खश देश आदि भनिथ्यो ।)
आधुनिक कालमा नेपाल भनेर नै विश्वमान चित्रमा अवस्थित छ । हालमा १२३ जातिले बोल्ने १२६ भाषा भए पनि सबैले बुझ्ने साझा सम्पर्क भाषा नेपाली नै हो । नेपाली भाषा सिंजा क्षेत्रको दुल्लु दैलेखमा उत्पत्ति भएको मौलिक भाषा हो भन्ने कुरा त्यस क्षेत्रमा रहेका स्वर्णपत्र, ताम्रपत्र र प्रस्तर लेख आदिले बताइरहेका छन् । यसरी नै मानसरोवर कैलाश हिमाली क्षेत्रमा उत्पत्ति भएको शैव संस्कृति (जो जातीय भेदभावविहीन र छुवाछुतविहीन) रहेको शिव पुराण, लिङ्ग पुराण जस्ता पौराणिक ग्रन्थहरुबाट थाहा लाग्छ ।
२. सन् ७७८ मा कट्टर हिन्दूवादी केरालाका आदि शंकराचार्य नेपालमा प्रवेश गरे । उनले यहाँको बौद्ध दर्शन, धर्म र संस्कृतिमाथि नाङ्गो आक्रमण गरी तिलौराकोट लुम्बिनी कपिलवस्तु क्षेत्रका ८४००० चौरासी हजार बौद्ध ग्रन्थलाई खरानी पारेको इतिहास छ । त्यति मात्र होइन प्राकृतिक शैव धर्म मान्ने पर्वत र हिमालतिर गएर हिन्दू धर्म संस्कृतिको व्यापक प्रचार गरे÷गराए । तर उनको सन् ८२० मा देहान्त भयो । त्यस बखत त्रिशुलीदेखि पश्चिम सतलजसम्म जहाँ बौद्ध धर्म संस्कृतिको प्रभाव थियो । शंकराचार्य आए पनि यस क्षेत्रमा बौद्ध धर्म संस्कृतिमा शैथिल्य आउन पाएन ।
३. वि.सं. ११४०–५० तिर तिब्बतको खारी प्रदेशबाट राजधानी कर्णालीको सिंजामा कायम गरेका नाग राज स्वयं पनि बौद्धमार्गी र उनका उत्तराधिकारी राजाहरु पनि बौद्धिष्ट भएकाले कर्णाली क्षेत्रमा गुम्बा विहार कायमै रहे, बौद्ध संस्कृतिले पकड जमाएकै थियो ।
४.वि.स. १४६१ मा सिंजाको शक्तिशाली खश राज्य विधिवत् रुपमा विघटन भई राप्ती नदी पश्चिम २२ राज्य (बाइसे राज्य) र राप्ती पूर्व त्रिशुलीसम्म २४ राज्य (चौबिसे) राज्य कायम हुन गए ।
५. यसरी शक्तिशाली जुम्लाको खश साम्राराज्य विघटन भई स–साना राज्यहरु कायम भएको मौका पारी दख्खिना कट्टर हिन्दूवादी पण्डाहरु नेपाल प्रवेश गरेर हिन्दूकरण गर्ने अभियान चालाए । यो हिन्दूकरण अभियानभित्र राजनीतिले काम गरेको थियो । आम जनतालाई हिन्दूकरण गर्न उनीहरुले प्रथमतः बोस (राजा) लाई हिन्दूकरण गर्ने रणनीति अवलम्बन गरे । जस अनुरूप प्यूठान ओखरकोटका खश राजा परश घर्ती (नेकपा मसालहरुका पूर्वज) लाई जनै लगाइदिएर क्षत्री बनाए । यसरी जनै लगाइदिने पुरोहित थिए– कण्ठु जैसी (स्रोत ओखरकोट विश्वकोष)।
यसरी नै गोरखाका मगर राजा द्रव्य राना मगरलाई गणेश पाँडे जस्ता पुरोहितले ब्रतबन्ध गराइ ठकुरी बनाइदिए ।
५. कस्तो मज्जा ! गुरु पुरोहितलाई जजमानहरुको संख्या बढ्दा आम्दानीको जोहो हुने ! यता माथिल्लो जातमा बढुवा भइस् भनेर गुरुपुरोहितले मंगलम् भगवान् विष्णु, मंगलम् गुरुढध्वजः। मंगलम् पुण्डरिकक्ष मंगलाय तनोहरिः। भनेर जौ, तिल, पानीले अभिषेक गरिदिँदा मगर गुरुङ नश्ल र खस नश्लका मान्छेहरु पनि त्यसै त्यसै मख्ख भए । त्यसपछि क्रमशः आफू पहिले प्राकृतिक शैव धर्मी पछि बौद्धधर्मी थियौं भन्ने कुरा पनि यहाँका मान्छेले भुल्दै गए । यसरी हाम्रो नेपाली समाजमा विभेदका रेखाहरु कोरिए । तर काठमाडौं उपत्यकामा त लिच्छविकालदेखि नै वर्णवस्था लागू भइसकेको थियो ।
६.अनि भन्न थाले– हामी सनातनी हिन्दू धर्मावलम्बी ! यस्तो भनाइलाई लुम्बिनीको अशोक स्तम्भहरु, सुर्खेतको काँक्रेविहारहरु भत्किदै सुन्न बाध्य भए । कर्णाली क्षेत्रका पचासौं गुम्बा विहार धराशही भए । गोरखाको ताघवाई गुम्बाको कथा पनि उस्तै छ दर्दनाक छ ।
७. त्यसपछि त दख्खिना कट्टरपन्थी यस्तै पुराणहरुले हाम्रै हिमाली सिरानबाट बग्दै बग्दै पुच्छारतिर पुगेका भागीरथी यमुना, गयामा गई पितृ श्राद्ध नगरे पितृहरु वितरा पर्छन् । त्यसैले असल पुत्रले पितृ तारणँ कार्यका लागि नदीका शिर हिमालतिर होइन पुच्छारतिर गया, गंगा, यमुनातिर जाओस् भनेर शिलोक रचना गर्ने गरे । प्रचार गरे÷गराए, अनि हामी नेपालीहरु ऋण धन गरेर उतै लाग्यौं ! होइन त ?
८. साउने सङ्क्रान्तिमा तिउरे, मकरकाँजी, कुम्कुम आदि थिचेर गवदा वा गाभाको पातमा बेरेर हाम्रा दिदीबहिनीहरुले लुँडो बाँध्ने गर्दथे । रातभरि राखेपछि भोलि बिहान सुन्दर रंग हातमा आएको हुन्थ्यो ।
तर अहिले त इण्डियन मेहेन्दी ! हजुर आमाले पनि मेहेन्दी लगाउन हुरुक्कै हुने ! के आयो चलन ? हन्त सम्धिनी !
९. पहिले पहिले भजनर्कितन हुन्थ्यो । अहिले त त्यतातिरभन्दा पनि इण्डियन हिन्दू एजेन्टहरु ओम शान्ति भन्दै बोलबम् भन्दै कृष्ण प्रणामी भन्दै यस्तै यस्तै अनेक दख्खिना हिन्दू धर्म संस्कारलाई भित्र्याउन र हुल्न मेचीदेखि महाकालीसम्म फैलिएका छन् ।
१०. कुरो त्यसो होइन भनेर तर्क ग¥यो भने लौ यो त क्रिश्चियन वा नास्तिक भएछ भनेर आरोप लगाइ हाल्छन् । हाम्रो बुद्ध धर्म, दर्शन, संस्कृतिलाई आफ्नो भन्ने, आफ्नो हो भनेर महिमा मण्डन गर्ने, वास्ता छैन, फुर्सत छैन । वैदिक सनातनी हिन्दू धर्मलाई आफ्नो भनेर उफ्रिने चलन छ । के हो अध्ययन छैन, बुझाई छैन, त्यसै स्वरै स्वरमा गोहोरो मा¥यो, सकियो । कस्तो आनन्द । पराइबाट सञ्चालित हामी । दख्खिनाले धर्मको नाममा पेल्दैछ, निल्दैछ, राजनीति गर्दैछ, देशकै अस्तित्व खतरामा छ । खै हाम्रा पण्डित बाजेहरुले बुझेको ?
११. पहिले वि.सं. १४६१ देखि दख्खिनाले जनैको माध्यमबाट नेपाली समाजमा आक्रमण गरे, उनीहरुले जनैधारी गुट बनाए, जनै संस्कृति पुरानियो कि भनेर फेरि राखी संस्कृति लिएर आएका छन् । राखी पनि जनै संस्कृतिको नयाँ संस्करण हो । यो सावधान ! धर्म र धार्मिक यात्राको नाउमा इण्डियाका ठाउँ–ठाउँमा नगई नहुने मन्द विष खुवाएर हामी नेपालीलाई लठ्ठ पार्ने खुबी छ, दख्खिना पण्डा पुरोहितमा । तर हामी भने मख्ख छौं । सनातनी हिन्दू धर्म रे ।
१२. इतिहास पढ्दा यहाँ लाग्छ वि.सं. १४६१ सम्म त्रिशुली पश्चिमका हामी मान्छे हिन्दू थिएनौं । फारसी भाषामा सिन्धु भनेको चोर डाँका, फटाहा, लुच्चा, गुण्डा हुँदोरहेछ ।
हिन्दू धर्म नेपाली धर्म होइन । शिव पनि हिन्दू होइनन् । शिव भनेका शिव हुन् । शिव भनेका महादेव हुन् । कैलाशपति हुन् । तर यो इतिहास होइन काल्पनिक कुरा हो । काल्पनिक भए पनि यसको सन्देश जातीय भेदभाव विरोधी र जातीय समनताको पृष्ठपोषक रहेको छ । शैव संस्कति पनि हिन्दू संस्कृति होइन । शैव संस्कृति नेपाली संस्कृति हो । ब्राह्मण, क्षत्री, वैश्य, शुद्र जस्ता वर्णवादी विभेदकारी तत्व मिश्रित निरञ्जन शैव संस्कृतिभित्र कसरी अट्न सक्छ ।
१३.हामी नेपाली त कैलाश मानसरोवर हिमालबाट उत्पत्ति भएको प्राकृतिक शैव संस्कृतिबाट अनुप्रमाणित हुँदै आएका हौैं । शैव संस्कृतिलाई आक्रमण गरी हिन्दूकरण गरिएपछि वा शैव संस्कृतिमा ऐजेरु लागेपछि, नेपालको लुम्बिनी तिलौराकोट कपिलवस्तुमा इ.पु.५६३ जन्मेका सिद्धार्थ गौतमले तिलौराकोट कपिलवस्तुमा विपश्यना ध्यान योगबाट बुद्धत्व प्राप्त गरेको ताजा इतिहास हामीसँग छ । हामी त बौद्धमार्गी हौं । हाम्रो धर्म, दर्शन, बुद्ध धर्म दर्शन हो । विश्वले मानिरहेको छ ।
१४. दख्खिना जोगी जलन्तरी पण्डा पुरोहितले विभिन्न रंगढंगका हुलिका धर्म नेपाल र नेपालीलाई जरुरी छैन । सातौं शताब्दीदेखि केरालाका आदि शंकराचार्य नामक जोगीदेखि हुन थालेको धार्मिक सांस्कृतिक आक्रमण अझैँसम्म रोकिएको छैन । झन्भन्दा झन् नयाँ रुप र रंगढंगले अघि बढेको छ । नेपालमाथि खतराको घण्टी बज्दैछ ।
१५. भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्रदास मोदीले हालै शपथ गर्नुभन्दा एक दिन पहिले उनकै प्रेस सल्लाहकारसँग नेपालका चर्चित पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा ती पत्रकारले भने– नेपाललाई रणनीतिक रुपमा हिन्दूकरण गर्ने हाम्रो नीति नै हो ।
यसबाट के बुझिन्छ भने हिन्दूकरणले लठ्ठ भइसकेका नेपालीलाई उचाल्ने राजनीतिक रुपमा देशका अस्तित्वमाथि आक्रमण गर्नु दख्खिनाको रणनीति रहेको छ भने देशभित्र रहेका हाम्रा पण्डित पुरोहित बाजेहरु देशको धर्म हिन्दू बनाउनु पर्छ भनेर यहाँ बुरकुर्सी मारेर नारा लाउँदैछन् ।




