परासी । पश्चिम नवलपरासीमा ट्राफिक प्रहरीले एक करोड ७८ लाख ६२ हजार राजश्व उठाएको छ । ट्राफिक प्रहरीले सवारीसाधन कर्वाही गरी २०८० साउन देखी २०८१ असारसम्म एक करोड ७८ लाख ६२ हजार राजश्व उठाएको हो ।
ट्राफिक प्रहरीले २०८० साउन देखी २०८१ असारसम्म २४ हजार चार २० वटा सवारी सधानलाई कर्वाही गरी उक्त राजश्व उठाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रमुख राजु खत्रीले जानकारी दिए ।
गतबर्ष २०७९।८० चैत्रसम्म एक करोड ६८ लाख ८२ हजार पाँच सय रहेकोमा यसबर्ष २०८० साउन देखी २०८१ असारसम्म एक करोड ७८ लाख ६२ हजार राजश्व उठाईएको प्रमुख खत्रीले बताए । उनको अनुसार यसरी हेर्दा यस आ।बमा गत बर्ष २०७९।८०को तुलनामा यस बर्ष आ.ब.मा ५।८० प्रतिशत दर राजश्वमा बृद्धि भएको बताए ।
जिल्लामा २०८० साउन देखी २०८१ असारसम्म मा प।से ८४ वटा सवारीसाधन कर्वाही परेको र कर्वाहीबाट ८४ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । जिल्लामा २०८० साउनदेखी २०८१ असारसम्म ९० वटा सवारीसधान दुर्घटना भएको र दुर्घटनाबाट ३० जनाको मुत्यु तथा एक सय ३७ जना घाईते भएको ट्राफिक प्रहरीको ताथ्यङ्खमा उल्लेख गरिएको छ ।
त्यस्तै ट्राफिक प्रहरी कार्यालय नवलवरासीले जिल्लामा २०८० साउनदेखी २०८१ असारसम्म १८ सय ६८ जिल्लाका बिभिन्न स्थानमा ट्राफिक सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गरेकोमा त्यसबाट ५४ हजार २ सय ६६ जना लाभाविन्त भएको ट्राफिक प्रहरीले जानएको छ ।




