बुटवल । बुटवलको अक्सफोर्ड माबिले भ्रखरैमात्रै प्रकाशित कक्षा १२ को नतिजामा व्यवस्थापन संकायबाट नेपाल प्रथम बनेको दाबी गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको अक्सफोर्ड माबिमा कक्षा १२ को नतिजामा उत्कृष्ठ नतिजा आएको दाबी गर्दै व्यवस्थापन संकायमा नेपाल प्रथम बनेको प्राचार्य दिनेश भुसालले दाबी गरे ।
यस वर्ष बिद्यालयबाट कक्षा १२ को परिक्षामा सहभागी ७८६ बिदार्थीहरु मध्य ७३५ जना बिद्यार्थीहरु उत्तिर्ण भएका छन् ।
उनका अनुसार व्यवस्थापन संकायबाट नेपाल प्रथम भएकी रक्षा भण्डारीले ३.९५ जिपिए अर्थात ग्रेड ए प्लस ल्याएको बताए । उनका अनुसार बिद्यालयबाट ए प्लस ल्याउने बिद्यार्थीको संख्या १ सय २ जना रहेका छन् भने अन्यले ए र बि प्लस ल्याएका छन् भने त्यो भन्दा तल ल्याउने बिद्यार्थी छैनन् ।
प्राध्यापक सुमन भुसालले बिज्ञान संकायमा सागर पोखरेलको सबैभन्दा धेरै ३.९१ जिपिए ल्याएको बताउँदै अन्य १९ जना बिद्यार्थीहरुको ३.८१ देखी २.८६ जिपिए ल्याएको बताए ।




