बुटवल । भर्खरै मात्रै प्रकाशित कक्षा १२ को नतिजामा बुटवल ११ मा रहेको न्यु होराईजन ईङलिस बोर्डिङका विज्ञानराज अर्याल विज्ञान सङ्कायबाट नेपाल प्रथम भएको विद्यालयले दाबी गरेको छ ।
विद्यालयका प्लस टु व्यवस्थापन सङ्काय संयोजक प्रकाश खनालका अनुसार विज्ञान सङ्कायबाट अर्यालले ३.९६ जिपिए ल्याएका छन् ।
विद्यालयबाट कक्षा १२ को परीक्षामा सहभागी ४ सय ५ जन विद्यार्थीहरू मध्य ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उनले जानकारी दिए । उनका अनुसार ३.६ जिपिए भन्दा माथि ल्याउने ५६ जना, ३.२ भन्दा माथि ल्याउने १३८ जना, २.८ भन्दा माथि ल्याउने १२० रहेका छन् ।




