दाङ। दाङमा अटोमा चढेका दुई जनालाई खोलाले बगाएको छ ।
शुक्रबार बेलुका करिब सवा ८ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं ४ खाद्रे तर्फ जाँदै गरेको रा१ह ४०५५ नम्बरको अटोलाई कालाखोला अन्तर्गत पर्ने बेचनी खोलाले अटो बगाउँदा दुईजना बेपत्ता भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
वेपता हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ खाद्रे बस्ने छबिलाल आलेकी श्रीमती अन्दाजी ५५/५६ वर्षिया सिता आले र सुर्खेत घर भइ हाल सोही ठाउँ बस्ने अन्दाजी १६/१७ वर्षीया मन्जु खड्का रहेका छन् ।
वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । अटोमा सवार ५ जना मध्ये तीनजना सकुसल छन् ।
यस्तै तुलसीपुर-७ पर्सेनी स्थित काला खोलामा आएको बाढिले तुलसीपुर बाट बिजौरी तर्फ जादै गरेको रा १ ह २३५७ नं. अटो बगाएकाे छ । अटाे चालक दुर्गा बहादुर पुनलाई सकुशल उद्वार गरी राप्ती प्रादेशिक अस्पतालमा उपचार गरिएकाे छ ।
अटोलाई खोलाबाट निकाल्ने प्रयास भई रहेको छ । उक्त बाढिले अटो चालक पुनलाई १०० मिटर तल सम्म बगाएर लगेको अबस्थामा उद्वार गरिएको थियाे ।




